मन्त्रिपरिषद् बैठक: सैनिक विशेष अदालतमा लेखनाथ, श्वेता सचिवमा बढ्वा

सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ ।

सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरिएको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त रहेको सचिवमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार