लगातार तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम

बुधबार एक हजार ६ सय रुपैयाँले बढेर लगातार तेस्रो दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य एक लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

जहाँ अघिल्लो दिन मंगलबार मात्रै हालसम्मकै उच्च एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । भने, आज उक्त रेकर्डलाई तोडेर नयाँ रेकर्ड कायम गरेको हो ।

यस्तै आज तेजाबी सुन एक लाख १८ हजार ८७ सय ५० रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यसैगरि चाँदीको मूल्य आज २० रुपैयाँले बढेर तोलको १५ सय २० रुपैयाँ तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार