रचना रिमालको ‘थोपा’ सार्वजनिक

चर्चित गायिका रचना रिमालको स्वर रहेको ‘थोपा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

नवीन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ । जसमा राहुल प्रधानको एरेन्ज रहेको छ । भिडियोले प्रेमीले धोका दिएपछि एक्लिएकी प्रेमिकाको विरहको कथालाई निर्देशक गौरव गिरीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

सुदूरपश्चिमको रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा आरके परियार, अनुजा सिंह र मिसेल घिमिरेको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा सन्तोष तामाङको सिनेमाटोग्राफी, भद्रजंग कुँवरको सम्पादन तथा कलरिङ श्याम कुँवरको रहेको छ ।

भिडियो वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको युट्युब च्यानलमार्फत बजारमा आएको हो । केही समयअघि मात्रै संगीतकार नागेन्द्रले अञ्जु पन्तको स्वरमा हिन्दी गीत ‘जिन्दगी की राहो मे’को भिडियो सार्वजनिक भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार