गायक हेमन्त शर्माको ‘निरजाले’ करोड क्लबमा

गायक हेमन्त शर्माको गीत ‘निरजाले’ युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ। दसैंअघि सार्वजनिक भएको गीतलाई युट्युवमा एक करोड पटक हेरिएको छ।

करोड भ्युज पाएसँगै शर्माले गीतसँग जोडिएका सबैलाई धन्यबाद दिएका छन्।

उक्त गीतमा गायनमा गायक शर्मालाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन्। गायक शर्मालेनै संगीत भरेको गीतको शब्द एकनारायण भण्डारीले लेखेका हुन्।

गीतमा श्यामस्वेत रसाइलीको संगीत संयोजन रहेको गीतको भिडिओमा काटुन क्रुजका आश्मा विश्वकर्मा र सुनिल क्षेत्रीले अभिनय गरेका छन्।

आश्मा र सुनिलले यहि गीतको म्यूजिक भिडिओमा पहिलो पटक जोडीका रुपमा काम गरेका थिए। भिडिओमा कोरियोग्राफी तथा निर्देशन सुनिल आफैँले गरेका हुन् भने अमृत चापागाईंको सम्पादन र नवराज उप्रेतीको छायांकन छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार