निर्वाचन आयाेगमा यादव र ठाकुर पक्षबीच छलफल जारी

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबिच निर्वाचन आयोगमा छलफल जारी छ ।

निर्वाचन आयोगले छलफलका लागि जसपाका दुवै पक्षलाई आज बोलाएको थियो । सोही छलफलका लागि महन्थ पक्षका महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी र उपेन्द्र पक्षबाट उनीसहित महेन्द्रराय यादव, मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायत त्यहाँ पुगेका छन् ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।

यादव पक्षको निवेदनपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । महन्थ पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार