‘सतीदेवी’ को फस्टलुक पोस्टरमा यस्तो अवस्थामा देखिइन् मलिका

लक्ष्मण सुवेदीको निर्देशित फिल्म ‘सतीदेवी’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । फस्टलुक पोस्टरमा फिल्मकी मूख्य अभिनेत्री मलिका महतलाई स्थान दिइएको छ ।

रातो लुगामा देखिएकी मलिका पोस्टरमा फरक अवतारमा छिन् । जहाँ कालो मोसो र जुत्ताको मालामा देखिएकी मलिकालाई एक हुलले लखेटिरहेको देख्न सकिन्छ ।

दिलासा र साराको ब्यानरमा निर्माण भएको फिल्ममा लक्ष्मण सुवेदीकै निर्माण र लेखन रहेको छ । फिल्ममा मलिकाका साथै भोलाराज सापकोटा, कुलदीप अधिकारी, हर्षिका वली, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटाको लगायतको अभिनय रहनेछ ।

फिल्मको शीर्षक सतीदेवी भए पनि यसको कुनै पनि धार्मिक पृष्ठभूमिसँग सम्बन्ध नरहेको सुवेदीले स्पष्ट पारे ।

फिल्मले एक ग्रामीण युवतीको संघर्षको कथा भन्ने उनले बताए। श्रीदेवी सुवेदी निर्माता रहेको फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार