आजबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै (खाेप केन्द्रकाे सुचीसहित)

कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत आजबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

स्वास्थ्य सेवा विभागको खोप शाखाा अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई आजबाट दोस्रो मात्रा दिन लागिएको हो । तीन लाख ७० हजार ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । खोपको दोस्रो मात्रा उपत्यकामा मंगलबारबाट तीन दिनसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म लगाइने छ ।

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिएको थियो । भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका अन्य उमेर सहुका नागरिकलाई पनि दोस्रो डोज दिइने बताइएको छ ।

नेपालमा अहिले खोप लगाउने उमेर सहुका २ करोढ ९ लाख जनसंख्या छ । तर सबै नागरिकको लागि खोप व्यवस्थापन गर्न सरकारले सकेको छैन ।

अबको एक महिनाभित्र झण्डै ५० लाख डोज खोप चिन र अमेरिकाबाट आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार