एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दै

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए ।

एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुनस् ब्युँतिएको हो । कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको छ । कार्यदलमा संस्थापन पक्ष र माधव नेपाल–झलनाथ खनालको असन्तुष्ट पक्षका पाँच–पाँच जना सदस्य रहेका छन् ।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल हुनुहुन्छ भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त हुनुहुन्छ ।

गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार