इन्डोनेसियामा अक्सिजनको सङ्कट चुलिँदै

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बृद्धि भइरहँदा इन्डोनेसियामा अक्सिजनको सङ्कट चुलिएको छ । सरकारले अक्सिजन उत्पादकलाई चिकित्सकीय आवश्यकताको आधारमा आपूर्ति गर्न आदेश दिएको छ ।

अस्पतालहरुले भने अक्सिजन अभावले अवस्था आफ्नो क्षमता बाहिर गएको जनाएको छ । बीबीसीका अनुसार कोभिड १९ सङ्क्रमित उपचारार्थ एक अस्पतालका ६३ जनाको समयमै अक्सिजन पूर्ति गर्न नसक्दा मृत्यु भएको छ ।

इन्डोनेसियामा हाल दैनिक २५ हजारभन्दा बढी सङ्क्रमित थपिदै आएका छन् । कोरोनाको डेल्टा स्वरुप तीव्र रुपमा फैलिरहँदा इन्डोनेसिया हाल सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । हालसम्म २३ लाख ब्यक्ति सङ्क्रमित भएका छन् । ६० हजारभन्दा बढी मृत्यु दर्ता गरिएको छ ।

इन्डोनेसियाको प्रमुख द्वीप बाली र सुमात्रामा गत सातादेखि लकडाउन लागू गरिएको छ । बिरामीको चाप बढ्दा केही अस्पतालले परिसरमै राख्न उपचार सुरु गरेका छन् । गत मई महिनाको अपेक्षा जाकार्तामा आइतबार दश गुणा बढी सङ्क्रमित पुष्टि भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार