सुन र चाँदीका असर्फी बिक्री सुरु, कति पर्छ मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले यहि कात्तिक १९ गतेदेखि अर्थात आज आइतबारदेखि सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा बिहान ११ बजेदेखि असर्फी बिक्री सुरु गरिएको हो । 

तिहारको अवसरमा यस बैंकबाट सुनका असर्फी र चाँदीका सिक्का प्रतिव्यक्ति बढीमा सुनको असर्फी १ सेट, १० ग्राम चाँदीका सिक्का एक सेट बिक्री गर्ने उल्लेख छ । उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्युआर मार्फत भुक्तानी गर्न सकिने समेत राष्ट्र बैंकले जनाएको छ ।

१० ग्राम सुनको असर्फीको मूल्य एक लाख २ हजार ३६५ रुपैयाँ तोकिएको छ भने ५ ग्रामको ५१ हजार १८३ रुपैयाँ मूल्य तोकिएको छ । साथै २.५ ग्राम २५ हजार ५९२ रुपैयाँमा खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, १० ग्राम लक्ष्मी/गणेश/गजलक्ष्मी/गाई अकिंत मेडालियनको मूल्य एक हजार ६ सय रुपैयाँ तोकिएको छ । २५ ग्राम गाई अंकित मेडालियनको मूल्य चार हजार रुपैयाँ तोकिएको विभागका निर्देशक थानेश्वर आचार्यले जानकारी दिएका छन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार