टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पहिलो विकेट गुमायो

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालले आसिफ शेखलाई पहिलो विकेटको रुपमा गुमाएको छ ।

टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजेदेखि सुरू भएको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो । जारी खेलमा तेस्रो ओभरको चौथो बलमा नेपालले आसिफलाई गुमाएको हो । आसिफ ६ रनमा पभेलियन फर्किए ।

जारी खेलको तीन ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर १६ रन बनाएको छ ।

यसअघि समूह चरणमा नेपालविरुद्ध पाँच रनको जित निकाल्दै ओमान समूह ‘ए’ को विजेता बनेको थियो । आज नेपाल सोही खेलको बदलासहित घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार