भूकम्पले अवरुद्ध भएका सडकमा गाडी चल्न थाले

शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडकको अवरोध हटाइएको छ ।

सडक डिभिजन चौरजहारी र भेरी करिडोरका सडकको अवरोध हटाएपछि ती सडकमा गाडी चल्न थालेका हुन् । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ ।

त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडककोसमेत अवरोध हटाएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडकसमेत खुलाएको छ ।

राहत तथा उद्धारमा सहजता ल्याउनका लागि तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख इन्जिनियर तेजस्वी शर्माले जानकारी दिए ।

राहत तथा पुनःस्थापनाका लागि सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो । मध्यपहाडी लोकमार्गमा रहेका सडकसमेत खुलाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार