नेपाल पक्षका नेताहरूलाई हस्ताक्षर फिर्ता लिन दिएको समय आज सकिँदै

एमालेभित्रको विवाद थप जटिल

नेकपा एमालेले माधवकुमार नेपाल पक्षका नेताहरुलाई हस्ताक्षर फिर्ता लिन दिएको समयसीमा आज सकिदैँछ । प्रधानमन्त्री निवास बालुवाटारमा गत शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर विपक्षीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै राष्ट्रपति र सर्वोच्च अदालतमा हस्ताक्षर दिएका सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको समय दिएको थियो ।

नेकपा एमालले हस्ताक्षर फिर्ता लिन आफ्ना २३ सांसदलाई निर्देशन दिएको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएका छन् । यस्तै हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने उनले जिकिर गरेका छन् ।

यस्तै यसअघि शनिबार ओलीले नेता नेपाललाई टेलिफोन गरि हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । नेपाल पक्षले भने ती हस्ताक्षर फिर्ता नलिने बताइसकेको छ। यसले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने भएको छ ।

यस्तै यता संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ निवर्तमान सांसद सर्वोच्च अदालत गएका छन् । यसरी जानेमा नेपाल पक्षका २३ निवर्तमान सांसद छन् ।

संवैधानिक इजलासमा विचाराधीन यो मुद्दाको सुनुवाई अन्तिम चरणमा पुगेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार