आईसीसी टी-२० विश्वकप : ओमानविरुद्ध उपाधिका निम्ति खेल्दै नेपाल

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपालले ओमानविरुद्ध खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।

यसअघि समूह चरणमा नेपालविरुद्ध पाँच रनको जित निकाल्दै ओमान समूह ‘ए’ को विजेता बनेको थियो । आज नेपाल सोही खेलको बदलासहित घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता यूएईलाई हराएको थियो । यता, ओमानले भने बहराइनको चुनौती पन्छाएको थियो ।

यसअघि नै सेमिफाइनलका खेल जित्दै नेपाल र ओमान दुवै टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार