भूकम्प पीडितहरु खुला अकाशमा मुनी 

शुक्रबार मध्यरातमा भएको भूकम्पबाट प्रभावित जाजरकोट र पश्चिम रुकुमबासीले खुला आकास मुनी रात काट्ने भएका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको छ। घरहरु भत्किएका छन् भने कतिपय चर्किएर बस्न नसक्ने अवस्थामा छ ।

ठूलो भूकम्पपछि चार घण्टाभित्र ५ पटक परकम्प पनि गएका छन्। जसले गर्दा त्यहाँका बासिन्दा घरभित्र बस्न सकेका छैनन्। भूकम्पको डरले उनीहरू सडकमै बास बस्न बाध्य भएका छन्।

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् ।

त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।त्यस्तै जाजरकोटमा ८१ र रुकुम पश्चिममा ७९ जना घाइते भएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार