भूकम्प पीडितलाई सहयोग गर्ने रुसी राष्ट्रपति पुटिनको प्रतिवद्धता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई आज शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गरेकोको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरुका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार