चीनले भूकम्पपीडितका लागि १० करोड बराबरको राहत पठाउने

जाजरकोटमा गएराति गएको शक्तिशाली भूकम्पपीडितहरूका लागि चीन सरकारले १० करोड रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जाल एक्समार्फत् भूकम्प प्रभावित क्षेत्रमा आपतकालीन रूपमा आवश्यक पर्ने सामग्री पठाउन लागिएको जानकारी दिए ।

उनले टेन्ट, कम्बललगायत अत्यावश्यकीय सामग्री पठाउन लागिएको र ती सामान एक दुई दिनमै नेपाल आइपुग्ने बताए ।

उनले नेपाललाई अरू पनि सहायता गर्ने र त्यो प्रक्रियामा रहेको जानकारी दिएका दिएका छन् । उनका अनुसार उक्त सहयोग साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट दिन लागिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार