कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कात्तिक १९ (आइतबार) बिहान १० बजेका लागि बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमिति पदाधिकारी एवं सदस्यहरूलाई आमन्त्रण गरिएको छ । बैठकको एजेन्डाबारे खुलाइएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार