सरकारले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा ५/५ करोड पठाउने

काठमाडौं । सरकारले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा ५/५ करोड रूपैयाँ पठाउने भएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणजी श्रेष्ठको नेतृत्वमा बसेकाे प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालय, सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरुको बैठकले साे निर्णय गरेकाे हाे ।

विपद्मा खोज, उद्धार, उपचार र समन्वयका लागि सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक केन्द्र तोकी आवश्कता अनुसार जनशक्ति र साधन स्रोत परिचालन गर्ने पनि निर्णय भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार