नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ : अमेरिकी दूतावास

नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।

दूतावासले आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ । ‘यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ,’ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार