प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। भोलि (आइतबार) बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य किरणले जानकारी दिए।

आइतबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प प्रभावितहरूका लागि राहत प्याकेज घोषणा गरिने उनले बताए।

गएराति ११ः४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका(१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पमा परी १३८ जनाको निधन भएको गृह मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार