हार्दिक पाण्ड्या विश्वकपबाट बाहिर, उनको स्थानमा काे ?

एजेन्सी । भारतीय अलराउन्डर हार्दिक पाण्ड्या जारी विश्वकप २०२३ बाट बाहिरिएका छन् । आईसीसीका अनुसार स्टार अलराउन्डर पाण्ड्या खुट्टाको चोटबाट निको हुन नसकेका कारण उनले प्रतियोगिताका बाँकी खेल खेल्न पाउने छैनन् ।

बंगलादेशविरुद्धको खेलमा बलिङ गर्दा उनको बायाँ खुट्टामा चोट लागेको थियो ।

आईसीसीले शनिबार प्रतियोगिताको इभेन्ट टेक्निकल कमिटीबाट स्वीकृति पाएपछि फास्ट बलर प्रसिद्ध कृष्णलाई प्लेइङ ग्रुपमा समावेश गरेको छ । यसको मतलब उनी आइतबार दक्षिण अफ्रिकाविरुद्ध हुने खेलमा छनोटका लागि उपलब्ध हुनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार