भूकम्पमा परेर जाजरकोटको नलगाडकी उपमेयर सरिता सिंहको मृत्यु

भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ ।

शुक्रबार रातिको भूकम्पमा परेको उनको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।

उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार