झुटो विवरण पेस गर्ने दुईजनाको नागरिकता बदर गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले झुटो विवरण पेस गर्ने दुई जनाको नागरिकता बदर गरेको छ । मन्त्रिपरिषदको बैठकले झुटो विवरण पेस गरी नागरिकता लिएको भन्दै दुई जनाको नागरिकता बदर गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सरकारका प्रवक्ता रेखा शर्माले झुटो विवरण पेस गरेका काभ्रेपलाञ्चोकबाट निमा तामाङ र कालिकोटबाट देवराज धमलाको नागरिकता रद्द गर्ने निर्णय गरेको जानकारी दिइन् ।

तामाङको नाममा झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको र धमलाको नाममा जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट जारी भएको नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार