नेपाललाई छैटौँ सफलता, सन्दीपले लिए दोस्रो विकेट

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले छैटौँ विकेट लिएको छ ।

मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले १८औँ ओभरको पहिलो बलमा छैटौँ विकेट लिएको हो । यूएईका बसिल हमिदलाई सन्दीप लामिछानेले गुल्सन झाबाट क्याच गराए । हमेद एक रनमा पभेलियन फर्किए ।

जारी खेलको १७.२ ओभर समाप्त हुँदा यूएईले ६ विकेट गुमाएर ११८ रन बनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार