नेपाललाई पाँचौँ सफलता, कप्तान रोहितले लिए पहिलो विकेट

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ ।

मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले १६औँ ओभरको पाँचौँ बलमा पाँचौँ विकेट लिएको हो । 

यूएईका अली नासिरलाई कप्तान रोहितकुमार पौडेलले कुशल भुर्तेलबाट क्याच गराए । नासिर चार रनमा पभेलियन फर्किए ।

जारी खेलको १६ ओभर समाप्त हुँदा यूएईले पाँच विकेट गुमाएर १०० रन बनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार