सुनको मूल्य तोलामा दुई सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा सुनको मूल्य शुक्रबार पनि बढेको छ । बिहिबार प्रतितोला सात सय रुपैयाँ बढेको सुन शुक्रबार दुई सय रुपैयाँले बढेको हो ।

मूल्य बढेपछि आज छापवाल सुनको मूलय एक लाख १५ हजार ९ सय रुपैयाँ पुगेको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख १५ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार छापावाल सुन एक लाख १५ हजार ७ सय र तेजावी सुन एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढे पनि शुक्रबार भने चाँदीको भाउ घटेको महासंघको भनाइ छ । तोलामा १५ रुपैयाँ घटेर आज चाँदी १३ सय ९० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदीको मूल्य १४ सय ५ रुपैयाँ थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार