हमास-इजरायल युद्ध, भारतीय मूलका इजरायली सैनिकको मृत्यु

नयाँ दिल्ली– प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलको बिचमा जारी युद्ध अझै रोकिने छाँटकाँट देखिएको छैन् । यसैबीच, भारतमा इजरायलका महावाणिज्यदूत कोबी शोशानीले गाजा पट्टीमा भारतीय मूलका एक सैनिकको मृत्यु भएको जानकारी दिएका छन् ।

कोबी शोशानीले मृतक बालक इजरायली सेनामा सिपाहीका रूपमा कार्यरत रहेको र गाजा स्ट्रिपमा हमास लडाकुहरूसँग लड्दा ज्यान गएको बताएका हुन् ।

बिहीबार मुम्बईका राजदूत कोबी शोशानीले भारतीय मूलका ती बालक २० वर्षका थिए र उनको नाम हेलेल सोलोमन रहेको छ । उनीहरूसँगै १७ इजरायली सैनिक पनि मारिएका छन् ।

हेलेल सोलोमन इजरायली सेनामा स्टाफ सार्जेन्टको रूपमा कार्यरत थिइन्। उनी इजरायलको डिमोना सहरका बासिन्दा थिए। उनको मृत्युको कारण यो थियो कि उनी गाजा शहर भित्र लड्न पुगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार