रिगललाई खोज्दैछौं: प्रहरी

नेपाल प्रहरीले बाँकेका योगराज ढकाल (रिगल) को खोजी भइरहेको बताएको छ। नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगललाई तत्काल पक्राउ गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै प्रहरीले उनलाई खोजी गरिरहेको हो ।

बिहीबार अदालतले सरकारले रिगलको कैद मिनाहा गर्ने सरकारको निर्णयलाई बदर गर्ने परमादेश दिएको हो । अदालतको आदेशसँगै प्रहरीले ढकाललाई तत्काल पक्राउ गरेर बुझाउने बताएको छ । प्रहरीले उनको खोजी गरि तत्काल पक्राउ गरेर कारागारमा बुझाउँने बताएको छ ।

सरकारको सिफारिसमा रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज ३ गते आममाफी दिएका थिए। रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार