तिहारको लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

 राष्ट्र बैंकले तिहारको लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्नै भएको छ । राष्ट्र बैंकका अनुसार तिहार पर्वको अवसरमा सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्न लागिएको हो ।

प्रतिव्यक्ति बढीमा सुनका असर्फी एक सेट र चाँदीका सिक्का मेडालियन एक सेट बिक्री गर्न लागिएको हो । असर्फी खरिदको लागि नगद वा क्यु मार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार असर्फी खरिदका लागि यही कात्र्तिक १९ गतेदेखि कात्र्तिक २४ गतेसम्म बिहान ११ बजेदेखि अपरान्ह तीन बजेसम्म सम्पर्क गर्न सकिने राष्ट्र बैंकको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार