राष्ट्रसंघका महासचिवको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।

महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्ने भएकाले उनी सुरक्षाका लागि गत शनिबार त्यहाँ पुगेका थिए। फर्किनेक्रममा रहेका उनी मं‌गलबार अन्नपूर्ण गाउँपालिका-११ स्थित एक होटलमा बास बसेका थिए।

बास बस्नेक्रममा ‍लेक लागेर स्वासप्रस्वासमा समस्या देखिएपछि बुधबार बिहान हेलिकप्टरबाट उनलाई पोखरा ल्याइएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

उपचारको क्रममा मणिपाल अस्पतालमा ढुंगानाको निधन भएकाे हाे । पर्वत मोदी गाउँपालिका-६ का ४२ वर्षिया ढुंगाना इलाका प्रहरी कार्यालय घान्द्रुक कास्कीका प्रहरी प्रमुख हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार