एमालेको चियापानमा माधव नेपाल र झलनाथ खनाललाई पनि निम्तो

नेकपा एमालेले बुधबार आयोजना गरेको चियापानमा नेकपा एकीकृत समाजवादीका नेताहरुलाई पनि निमन्त्रणा गरेको छ ।

दशैं, तिहार, छठ, नेपाल संवत लगायत चाडको अवसरमा राखिएको चियापानमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भूसाल लगायतलाई पत्र काटेर औपचारिक निमन्त्रणा पठाइएको हो । त्यस्तै, एकीकृत समाजवादीका सबै सांसदहरूलाई पनि चियापान समारोहमा निमन्त्रणा गरिएको छ ।

‘संसदमा भएका दलका नेताहरु सबैलाई निमन्त्रणा पठाइएको छ । त्यसै क्रममा एकीकृत समाजवादीका नेताहरुलाई पनि पठाइएको हो’, केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले भने ।

वर्षेनि एमालेले गर्ने चियापानमा एकीकृत समाजवादीका नेताहरुलाई यसअघि निम्तो दिइने गरेको थिएन । २ भदौ २०७८ मा एमालेबाटै अलग भएर गएको एकीकृत समाजवादीलाई एमाले नेताहरुले अलग दलको रुपमा स्वीकार्ने गरेका थिएनन् । एमाले अध्यक्ष ओलीले त पटक पटक सार्वजनिक समारोहबाटै एकीकृत समाजवादीलाई पार्टी नै नभएको बताउँदै आएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार