टी-२० विश्वकप छनोट : मलेसियाले नेपाललाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

 आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा पाहुना टोली मलेसियाले नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । 

टियु क्रिकेट मैदानमा टस जितेर सानदार ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको छ । 

मलेसियाका लागि ओपनरद्वय सैयद अजिज र जुबैदी जुल्किफ्लेले पहिलो ओभरका लागि ५८ रनको आक्रामक अर्धशतकिय साझेदारी गरे । अजिजले ४८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ६८ रनको योगदान गरेका छन् । जुल्किफ्लेले २४ रन जोडे ।

कप्तान फयाज अहमदले ३ रन, विरनदीप सिंहले ४ रन, शर्विन मुनिन्दीले १३ रन, ऐनूल हाफिजले ३ रन, मोहम्मद अमिरले ८ रन, विजय उन्नीले १३ रन, स्याजरुल इद्रुसले ७ रन, फित्री शामले ६ रनको योगदान गरे । 

नेपालका लागि अविनाश बोहराले चार विकेट लिँदा सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले समान एक/एक विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार