प्रिन्सिपल सर्राफ हत्या प्रकरण : ६ जना पक्राउ, आजै सार्वजनिक गर्ने तयारी

बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ (स्वर्णकार) को हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तीन जना नेपाली र तीन जना भारतीय नागरिक रहेकाे बाराका प्रहरी प्रवक्तासमेत रहेका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । परस्त्रीसँगको सम्बन्धकाे कारण सर्राफकाे हत्या भएकाे प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले सर्राफमाथि गोली प्रहार गरेको थियाे । घाइते भएका सर्राफकाे बीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको थियाे। उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको थियाे ।

प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार