टी-२० विश्वकप छनोट : आज नेपाल र मलेसिया भिड्दै

घरेलु टोली नेपालले आज मंगलबार आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो खेल मलेसियासँग खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। घरेलु टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रदैछ ।

नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । नेपाल दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जित निकाल्ने योजनामा हुनेछ। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

मलेसियाविरुद्धको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोली बाहिर रहनेछन् । सिंगापुरविरुद्धको खेलअघि अभ्यासका क्रममा बायाँ खुट्टाको एंकलमा चोट लागेपछि दिपेन्द्रले आजको खेल गुमाउनेछन् ।

सिंगापुरविरुद्धको खेल अघि नै घाइते भएपछि उनको स्थान विवेक यादवले लिएका थिए। उनको स्थानमा आज पनि विवेकले नै मौका पाउन सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार