पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाअनुसार अबको केही दिन देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहान कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहने छ । पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार