बारामा बोर्डिङ स्कुलका प्रिन्सिपलमाथि गोली प्रहार

बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफमाथि गोली प्रहार भएको छ ।

बारा प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले सर्राफमाथि गोली प्रहार गरेको हो ।  गोली लागेर घाइते भएका सर्राफलाई बीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको छ ।

गोली चलाउने व्यक्तिको खोजी सुरु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार