काठमाडौँमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा अधिकारी र थापाको मृत्यु

काठमाडौंको टोखा नगरपापालिकामा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

गए राति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ बर्षिय सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका २२ बर्षिय दिपेश थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

तीन जना सवार मोटरसाइकलमा पछाडि बस्ने ३० वर्षका सागर खतिवडा घाइते भएको र उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार