रुसी राष्ट्रपति पुटिन चीन पुगे

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेका छन् । दुई दिने भ्रमणमा उनी चीन पुगेका हुन् । उनी बेल्ट एण्ड रोड फोरममा सहभागी हुन पुटिन बेइजिङ आइपुगेको चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ ।

अफ्रिकी र दक्षिणपूर्वी एसियाली १३० देशको सहभागितामा आज सुरु हुने भेलामा ३० अन्तर्राष्ट्रिय संस्थाका पनि उपस्थित हुनेछन्। फोरमको राष्ट्रपति सीले उद्घाटन गर्ने छन् ।

कार्यक्रममा सहभागी हुन चीन पुगेका विदेश मन्त्री सर्गेई लाभरोले सोमबार चिनियाँ समकक्षी वाङ यीसँग भेट गरिसकेका छन् । कोभिड–१९ महामारीका कारण सन् २०१९ देखि रोकिएको फोरमको तेस्रो संस्करणले चीनको विश्वव्यापी पूर्वाधार निर्माण योजना, बेल्ट एण्ड रोड इनिसिएटिभको १० औं वार्षिकोत्सव मनाएको छ ।

पुटिन २०१७ र २०१९ मा यसअघिका दुईवटा फोरमहरूमा भाग लिएका थिए । बेइजिङले जुलाईमा पुटिनलाई निमन्त्रणा दिएको र गत महिना सेन्ट पिटर्सबर्गमा वाङलाई भेट्दा आफूले भ्रमण गर्ने पुष्टिनले बाचा गरेका थिए । युक्रेन युद्धपछि पुटिनको यो पहिलो विदेश भ्रमण हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ गत मार्चमा तीनदिने राजकीय भ्रमणका लागि मस्को गएका थिए । त्यहाँ उनीहरुले युक्रेन युद्धलगायतका विषयमा औपचारिक वार्ता गरेका थिए ।​

दक्षिणपूर्वी एसिया र अफ्रिकाका चीनका रणनीतिक साझेदारहरू इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसीले पनि फोरममा सहभागी हुनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार