आज देखी सुरु भयो सरकारी सहुलियतको खसी–बोका बिक्री वितरण

 आज देखी काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री वितरण सुरु भएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज देखि बडा दसैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु गरेको हो ।

मुस्ताङ, पोखरा, धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गर्न लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसी, बोका र च्याङ्ग्रा बिक्री गरिनेछ। 

कम्पनीका अनुसार अहिलेसम्म दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने गरी थापाथलीमा ल्याएको छ । खसी, बोका र च्याङ्ग्रा खरिदका लागि यो वर्ष सरकारले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुटाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार