एकदिवसीय विश्वकप क्रिकेट : आज अष्ट्रेलिया र श्रीलंका खेल्ने

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो २ बजे भारतको रत्नश्री अटल बिहारी वाजपेयी क्रिकेट मैदानमा सुरु हुनेछ ।

जारी विश्वकपमा दुवै टोलीका लागि आजको खेल तेस्रो हो । यसअघिका दुवै खेलमा दुवै टोली जितविहीन छन् । आजको खेलमा अष्ट्रेलिया र श्रीलंका पहिलो जितको खोजीमा हुनेछन् ।

यसअघि अस्ट्रेलिया भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो । श्रीलंका भने पाकिस्तान र न्युजिल्यान्डसँग हारेको हो ।

अस्ट्रेलिया र श्रीलंकाबीच हालसम्म कुल १०३ अन्तर्राष्ट्रिय एकदिवसीय खेल भएकोमा अस्ट्रेलियाले ६३ खेल जितेको छ भने श्रीलंकाले ३६ खेल जितेको छ । ४ खेल अनिर्णित रहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार