टिपरले किच्दा काभ्रेमा एक जनाको मृत्यु

काभ्रे – पाँचखाल नगरपालिका–६ चामुण्डा पम्प नजिक अरनिको राजमार्गमा टिपरले किचेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल चालक पाँचखाल–६ का नारायण तिमल्सिना रहेका छन्।

आइतबार साँझ ६ बजेतिर बा ७२ प ९७६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२४ प २५०१ नम्बरको स्कुटर एक आपसमा ठोकिएका थिए।

पाँचखालबाट धुलिखेलतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००४ क २३२८ नम्बरको टिपरले तिमल्सिनालाई किचेको प्रहरीले जनाएको छ। उक्त घटनामा घाइते तीन जनाको उपचारका लागि प्रहरी र स्थानीयले धुलिखेल अस्पताल पठाएका छन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार