एसीसी यू–१९ प्रिमियर कपमा नेपालको दोस्रो जित

एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमामा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक पुगेको हो ।

जितका लागि बहराइनले दिएको ७८ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका देव खनाल र अर्जुन कुमालले ३२–३२ रन जोडे । बहराइनका एनेस ओबाइद सयेदले तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७ ओर ५ बलमा ७७ रन बनाउँदै अलआउट भएको थियो ।

बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ३४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । नेपालका दीपेश कँडेलले ६ विकेट लिए । यस्तै, दुर्गेश गुप्तानको नाममा ४ विकेट रह्यो ।

पहिलो खेलमा इरानमाथि २ सय ७४ रनको सानदार जित निकालेको नेपाल लगातार दोस्रो जितसँगै समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार