सिन्धुपाल्चोकमा बसको ठक्करबाट महिलाको मृत्यु 

 सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६, अधेरीमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ । 

काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा. ३ ख ५५४ नं. को अरनिको यातायात बसले सोही ठाउँ बस्ने ४५ वर्षीया माइली तामाङलाई शनिबार ठक्कर दिएको थियो । 

सोही बसबाट झरेर बाटो काट्ने क्रममा ठक्कर दिँदा घाइते भएकी उनको उपचारका क्रममा धुलीखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार