कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ २ बजे, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिने भएका छन् । दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको हो ।

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गर्ने गर्ने तयारी गरेका छन् । पार्टी र गठबन्धनको निर्णयमा असन्तुष्टि जनाउँदै एमालेसँग मिलेर मुख्यमन्त्री नियुक्त भए पनि असन्तुष्ट समूहका नेता डा. शेखर कोइरालाले गठबन्धनलाई अझ मजबुत बनाउने भन्दै नयाँ सहमति गरेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा काठमाडौँमा छलफल जारी रहेको उनका सहयोगी दिवस राजवंशीले बताए ।

मन्त्रिपरिषद्मा नेकपा एमालेलाई सहभागी गराउने वा सत्ता गठबन्धन दललाई समेटेर अगाडि बढ्ने भन्ने विषय टुङ्ग्याएर मुख्यमन्त्री ११ बजेको उडानबाट विराटनगर फर्कने तयारी छ । यसैबिच कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो अबेर सामाजिक सञ्जालमा स्ट्याटस पोस्ट गरी कोशीमा नेपाली काँग्रेससँग सहकार्य भएको बताएका छन् । सो धारणाअनुसार आज नेकपा एमालेका केही मन्त्रीसहित मुख्यमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने अनुमान गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार