प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच आज विहान कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको छ ।
छलफलमा कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्न सहमत हुनुका साथै नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरुको बर्तमान संयुक्त गठबन्धनप्रति थप दृढ र स्पष्ट रहेको प्रस्ट पार्दै यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने लिखित प्रतिवद्धता व्यक्त गरिएको छ ।
![](https://fileswarehouse.com/newskarkhana/news-photos/F8X_hCubEAAKbKA.jpeg.jpeg?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20231014%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20231014T064625Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=559715&X-Amz-Signature=6c35035d20a2dbeb4b6723223a2421d6d4632c47ed84b87c43660dc0f50e7ed4)