आगलागीबाट एकजनाको मृत्यु

बागलुङमा आगलागीबाट एकजनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।  

गएराति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । 

आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार