गोरखामा पहिरोले पुरिएर पाण्डे दम्पतीको मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–७ उपल्लो गोहारेमा पहिरोले घर पुरिंदा दम्पतीको मृत्यु भएको छ ।

गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र उनकी श्रीमति ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् । गाउँपालिका अध्यक्ष राजु गुरुङले आज बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिए ।

शुक्रबार मध्यराति घरको ६० मिटर माथिबाट खसेको पहिरोले घर पुरिँदा च्यापिएर मृत्यु भएको उनले बताए । ‘उहाँहरु दुई जना मात्र घरमा हुनुहुन्थ्यो, पहिरो खसेर घर पुरिएको बिहान मात्र थाहा भयो,’ उनले भने,‘चार घण्टा लगाएर केही बेरअघि मात्र उहाँहरुको शव निकालेका छौँ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार