पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल कारागार चलान

भेपमार्फत् सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनलाई कारागार चलान गरिएको हो । शुक्रबार न्यायाधीश दण्डपाणी शर्माको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा राहुलविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी अभियोग किटान गरिएको छ।

सोही मुद्दामा सर्लाहीको राजघाट घर भई काठमाडौँको सीतापाइला बस्ने लोकेन्द्रकुमार पौडेल, तिब्बती मूलका बेल्जियन नागरिक दाबा छिरिङ र काठमाडौँकै बौद्ध बस्ने निमा गुरुङलाई पनि अभियुक्त बनाइएको छ।
छिरिङ यसअघिकै सुन तस्करीसम्बन्धी मुद्दाको पुर्पक्षका क्रममा थुनामा छन् भने गुरुङ फरार छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार