शम्भुजित बाँस्कोटालाई दीर्घ साधना, शिव परियारलाई दशक सम्मान

चौथो ओएस नेपाल म्यूजिक अवार्ड समारोहमा वरिष्ठ संगीतकर्मी शम्भुजित बाँसकोटालाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ । बिहीबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न कार्यक्रममा बाँस्कोटालाई उक्त सम्मान प्रदान गरिएको हो ।

मञ्चमा बाँस्कोटालाई सम्मान गर्दै गर्दा दर्शक दीर्घामा उपस्थित भएका सबै उठेर सम्मान प्रकट गरेका थिए ।

लगत्तै सुगम संगीतका लोकप्रिय गायक शिव परियारलाई दशकको सम्मान प्रदान गरियो । शिवले आफूले पहिलो पटक शम्भुजितकै गीत गाएको, त्यो धेरै पछि थाहा भएको स्मरण गर्दै गीत गाए । शम्भुजित दर्शकदीर्घाबाट उठेर मञ्चमा गए र शिवलाई अंगालो हालेर गीत गाए । महोल एकै छिन् भावुक बन्यो ।

अवार्ड समारोहमा गीतरसंगीतका ६१ विधाका स्रष्टालाई अवार्ड वितरण गरियो । पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, सांसद ज्ञानेन्द्र शाही, गायक रामकृष्ण ढकाललगायतले आतिथ्यता ग्रहण गरेको समारोहमा रंग पत्रकारलाई समेत सम्मान गरियो ।

गायिका जुनु रिजालले उत्कृष्ठ सुगम संगीत गायिकाको अवार्ड उचाल्दा संगीतकार दीपक शर्माले उत्कृष्ठ पप संगीतकारको अवार्ड उचालेका छन् । श्रीकृष्ण बम मल्लले उत्कृष्ठ लोकदोहोरी जुरी अवार्ड प्राप्त गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार